जनसम्पर्कतर्फ ३००० मत गणना गर्दा चन्दा अधिकारी र बालकृष्ण पाण्डेको अग्रता
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्कतर्फको ३,००० मत गणना सकिँदा विभिन्न पद तथा क्षेत्रका उम्मेदवारहरूको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
प्राप्त विवरणअनुसार दुई पदका लागि भएको महिलातर्फको प्रतिस्पर्धामा चन्दा अधिकारी १,८८० मतका साथ अग्रस्थानमा रहेकी छन्। त्यस्तै सिता सापकोटा घिमिरेले १,३५८, रविना थापाले १,१३७, निर्मला थापा मगरले ९९० र नन्दकुमारी न्यौपानेले ३७४ मत प्राप्त गरेका छन्।
जनसम्पर्क खुल्लातर्फ भारत क्षेत्रबाट बालकृष्ण पाण्डेले १,६१२ मत र धर्मागत काफ्लेले १,१०२ मत हासिल गरेका छन्। यस्तै मध्यपूर्व क्षेत्रतर्फ पुरुषोत्तम खनालले ८७७, बिमल सुवेदीले ७६६, खेमराज बस्नेतले ६८९ र रितबहादुर कटुवालले ४७६ मत ल्याएका छन्।
ओसियाना र अमेरिका क्षेत्रबाट विद्याभूषण कार्कीले ८८७, रामजीवी पन्थले ६९६, कञ्चन पोखरेलले ५१०, अमृत बस्तीले ४३९ र कृष्ण गिरी जगन्नाथले ३१३ मत प्राप्त गरेका छन्। प्यासिफिक क्षेत्रतर्फ डा. बलराम श्रेष्ठले ८६७, नवराज शिवाकोटीले ४२६, दण्डपानी कँडेलले ३७६, नारायणप्रसाद सुवेदीले ३५२, सुरेश कोइरालाले ३४१, विनोद बहादुर थापाले २५६ र चण्डीप्रसाद योङ्याले २४५ मत ल्याएका छन्।
यसैगरी युरोप क्षेत्रबाट जितेन्द्र बिक्रम शाहीले ५२१, विजय मोक्तानले ५१०, शालिग्राम गौतमले ३३८, अङ्कित ओलीले ३१८, टङ्क लम्सालले २९१, इन्द्र प्रसाद शर्माले २२२, पूर्णबहादुर हमालले २०७ र शशी भूषण शाहले १६० मत प्राप्त गरेका छन्। बाँकी मतको गणना कार्य जारी रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment