सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाको अग्रता
काठमाडाैं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा खुलातर्फको सहमहामन्त्री पदको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।
कुल ३ हजार ४ सय ८८ मत खसेको यस पदमा रामहरि खतिवडाले १५४४ मत प्राप्त गर्दै फराकिलो अग्रता कायम गरेका छन्। उनलाई पछ्याउँदै अजय सिवाकोटीले ११०६ मत प्राप्त गरेका छन् भने डिल्लिराम सुवेदी ८९५ मतका साथ तेस्रो स्थानमा छन्।
त्यसैगरी अन्य उम्मेदवारहरूमा देवेन्द्र राज कँडेलले ७४७ मत, विकास कोइरालाले ५८४ मत, राजीव ढुङ्गानाले ५४० मत, रमेश प्रसाद धमलाले ४०६ मत, अमृत कुमार अर्यालले ३८२ मत र विमलराज क्षेत्रीले १४० मत प्राप्त गरेका छन्।
महाधिवेशनको उच्च पदस्थ पदाधिकारीहरूतर्फ भने यसअघि नै निर्वाचन परिणाम घोषणा भइसकेको छ। जसअनुसार पार्टीको सर्वोच्च नेतृत्व मानिने सभापति, दुई उपसभापति तथा दुई महामन्त्री पदको मतगणना सम्पन्न भई विजेता उम्मेदवारहरूको औपचारिक घोषणा भइसकेको छ।
केन्द्रीय नेतृत्वको महत्त्वपूर्ण मानिने मुख्य पदहरूको टुङ्गो लागिसकेको स्थितिमा अहिले सबैको ध्यान खुला तथा विभिन्न समावेशी समूहका सहमहामन्त्री पदको अन्तिम परिणामतर्फ सोझिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment