कांग्रेस केन्द्रीय समितिमा युवाको प्रतिनिधित्व: सचिन तिमिल्सेना शीर्ष स्थानमा, इन्जिनियर र डाक्टरको बाहुल्य

डिसी नेपाल
२७ असोज २०८३ १९:५४

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट प्रतिनिधित्व हुने ३५ वर्षमुनिका युवा खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक अन्तिम नतिजा अनुसार सचिन तिमिल्सेना सर्वाधिक ३ हजार १५६ मत प्राप्त गर्दै पहिलो स्थानमा  छन्। त्यसैगरी ई. अभिषेक आत्रेय २ हजार ८१४ मतका साथ दोस्रो र शुशील भट्ट २ हजार ७६३ मत ल्याएर तेस्रो स्थानमा छन्।

युवा खुला केन्द्रीय सदस्यतर्फ डा. आयुस बगालेले २ हजार ५७५ मत, आदर्श मल्लले २ हजार ५६० मत, ई. रोशन बस्नेतले २ हजार २७० मत तथा ई. शैलेश मिश्रले २ हजार १३२ मत प्राप्त गरेका छन्। यस्तै सौगात थापाले २ हजार १२ मत, उषा सापकोटाले १ हजार ६७० मत र विजय गुरुङले १ हजार ४६२ मत ल्याएका छन्।

त्यस्तै, मदन राज उपाध्यायले १ हजार ४४६ मत, विनोद राज जोशीले १ हजार ३९६ मत, भुपेन्द्र सिंह थेवेले १ हजार ३८२ मत, श्यामराज ओझाले १ हजार ३६७ मत र यज्ञशिव राईले १ हजार ३६२ मत प्राप्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *