पोखरामा चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

डिसी नेपाल
१ कार्तिक २०८३ २१:०२
16
Shares

पोखरा। पोखरा महानगरपालिका–१६, सीतापाइलाबाट हराएको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। गएको असोज ३० गते राति करिब १० बजे सीतापाइला क्षेत्रबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल चोरी भएको थियो।

मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी छोरेपाटनबाट खटिएको सक्रिय टोलीले सोही राति करिब ११ बजे पोखरा महानगरपालिका–१७, सिमलटुँडामा उक्त मोटरसाइकल फेला पारेको हो। प्रहरीले जाँच गर्दा पोखरा महानगरपालिका–७, मासबार बस्ने ३१ वर्षीय सागर गुरुङले सो मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारेका थिए।

त्यस क्रममा मोटरसाइकलको पछाडि सवार रहेका लमजुङको बेँसीसहर नगरपालिका–७, मिलनचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका–९, पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

बरामद गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवैजनालाई इलाका प्रहरी कार्यालयले चोरीसम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *