काठमाडौंको माछापोखरीमा झगडा हुँदा एक युवकको मृत्यु

डिसी नेपाल
१ कार्तिक २०८३ २०:३३
392
Shares

काठमाडौं। काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा भएको झगडामा एक युवकको मृत्यु भएको छ।

शनिबार राति करिब १२:१२ बजे काठमाडौँ महानगरपालिका–१६ माछापोखरी चोकमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–९ मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङबीच विवाद भएको थियो।

विवादका क्रममा झगडा हुँदा सुवाश लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो १:३० बजे मृत्यु भएको हो।

घटनापछि प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *