कञ्चनपुरको दोधारा चाँदनीमा लागूऔषधसहित युवक पक्राउ
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नेपाल-भारत सीमा क्षेत्रबाट लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिएको पाँच जनाको चेकपोइन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती युवकलाई शंका लागेर चेकजाँच गर्दा लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय रमेश दमाइ रहेका छन्। सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा जाँच गर्ने क्रममा उनको हाते झोलाभित्रबाट फेनारगनका एक सय ५२ एम्पुल फेला परेका थिए।
पक्राउ परेका युवकलाई बरामद लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनी पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment