मटिहानीस्थित लक्ष्मीनारायण मठबाट विजयादशमीको शोभायात्रा निकालियो

डिसी नेपाल
४ कार्तिक २०८३ १७:२१
4
Shares

महोत्तरी। महोत्तरीको मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मठ (मन्दिर) बाट विजयादशमीको अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको परम्परागत शोभायात्रा आज विधिवत् रूपमा निकालिएको छ।

विजयादशमीको पावन अवसरमा बाजागाजासहित भगवान् श्री लक्ष्मीनारायणलाई डोलामा विराजमान गराई मन्दिरबाट निकालिएको शोभायात्राले मटिहानी र भारतको मधवापुर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो। धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रामा भक्तजन तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

यसैबीच, विजयादशमीकै दिन लक्ष्मीनारायण मठ मन्दिरमा नेपाली सेनाको गोरखनाथ गणबाट खटिएको एक टुकडीले भगवान् श्री लक्ष्मीनारायणप्रति सलामी अर्पण गरेको छ। मठ मन्दिरमा पहिलोपटक भगवान् श्री लक्ष्मीनारायणलाई नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको हो।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस शोभायात्राले मटिहानी क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *