तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, भारत र म्यानमारसम्म धक्का महसुस्

डिसी नेपाल
५ कार्तिक २०८३ २१:३९
68
Shares

काठमाडौं । चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। बिहीबार राति स्थानीय समय अनुसार १०:३३ बजे (नेपाली समय अनुसार राति ८:१८ बजे) नागकु शहरको बाकेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार भूकम्पको केन्द्रबिन्दु उत्तरी अक्षांश ३२.४० डिग्री र पूर्वी देशान्तर ९३.७९ डिग्रीमा तथा १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको केन्द्र नागकु शहरबाट करिब ११५ किलोमिटर टाढा परेको जनाइएको छ।

यस भूकम्पको धक्का चीनका पछि छिमेकी मुलुकहरू भारत र म्यानमारसम्म महसुस गरिएको छ। भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षति र प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *