फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ

डिसी नेपाल
५ कार्तिक २०८३ २२:००
32
Shares

काठमाडौं। बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एकजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका ४३ वर्षीय चन्द्र दमाई केसी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार निज दमाई केसी २०८२ भदौ २४ गते फरार भएका थिए। उनी बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो। केसीलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *