काठमाडौंमा एक महिला मृत फेला
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा डेरा गरी बस्दै आएकी एक महिला आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–४ मा डेरा गरी बस्ने ३८ वर्षीया मिरा तामाङ बिहीबार मृत फेला परेकी हुन्। मृत भेटिएकी तामाङको स्थायी घर ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–४ रहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment