राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

डिसी नेपाल
२० कार्तिक २०८३ १२:३०

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले शिष्टाचार भेट गरेका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, संसद्‌को आगामी कार्यभार, चालू अधिवेशनमा विचाराधीन रहेका विभिन्न विधेयकहरू तथा समग्र संसदीय अभ्यासका विषयमा विचार-विमर्श भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भेटघाटका क्रममा संसद्लाई अझ बढी प्रभावकारी र जनउत्तरदायी बनाउने तथा देशका विद्यमान जल्दाबल्दा मुद्दाहरूमा संसदीय प्रक्रियामार्फत निकास निकाल्ने विषयमा समेत छलफल भएको  बताइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *