कोरियाले लिएको सीप परिक्षण परीक्षाको नतिजा सार्वजानिक (नतिजा र्हेने तरिकासहित)

डिसी नेपाल
३ पुष २०७६ ११:५३

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत ई–९ भिसामा विदेशी कामदार लगिरहेको कोरियाले २०१९ मा भाषा पास गरेका परीक्षार्थीको लागी लिइएको सीप परिक्षण परीक्षा (स्केल टेस्टको) नतिजा सार्वजानिक गरेको छ ।

दक्षिण कोरियाको मानव संसाधन विकासले  बुधवार राती  एच आरडी कोरियाको वेबसाइट मार्फत नतिजा सार्वजानिक गरेको हो ।सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा नेपालबाट  ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सामेल भएका थिए। उनीहरूमध्ये  १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । जसमध्ये क्षमता परीक्षण परीक्षामा ६ हजार ७ सय ७३ जना उत्तीर्ण भएका छन् ।

नतिजा  गुगलमा eps.hrdkorea.or.kr 2019  टाइप गरेर सर्च गरी थाहा पाउन सकिन्छ।

यसरी थाहा पाउन सकिन्छ नतिजा

१– सर्वप्रथम सर्च इन्जिन गुगलमा जाने।

२– गुगलमा eps.hrdkorea.or.kr 2019 टाइप गरी सर्च गर्ने।

३– सर्च गरिसकेपछि त्यहाँ EPS -Topik  भनेर तल देखाएजस्तै आउँछ त्यसमा क्लिक गर्नै।

४– त्यसपछि  test results मा क्लिक गरेर see exam results मा क्लिक गर्नै।

५– अब आउने पेजमा आफ्नो पासपोर्ट नम्बर र जन्ममिति (पासपोर्ट अनुसार) हालेर confirm  गर्नै।

अनि पास र फेल भएको नतिजा देखाउँछ

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *