भक्तपुर र चितवनको जित चानचुने होइन : देउवा
फाइल फाेटाे
सिन्धुपाल्चोक। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताएका छन्।
सिन्धुपाल्चोकमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। यसअघि नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा नेपाली कांग्रेसले आफ्नो जित दर्ता गरेको विषयमालाई चानचुने रुपमा नलिई निराश नहुन पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरे।
कम्युनिष्ट र अरु पार्टीहरुप्रति देखिएको वितृष्णाले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढेको उनको भनाई छ।
सभापति देउवाले पार्टी प्रवेश गरेका व्यक्तिहरुलाई आवश्यक सम्मानसहितको भूमिका पार्टीमा दिइने विश्वास पनि दिलाएका छन्। यस्तै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा कांग्रेसको भोट बढेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment