पर्यटन बर्ष सफल बनाउन फोटो पत्रकारको महत्वपूर्ण भुमिका

डिसी नेपाल
११ पुष २०७६ १८:५२

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पर्यटन बर्ष सफल बनाउन फोटो पत्रकारहरुको महत्पूर्ण भुमिका रहने बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान उपकुलपतिको सचिवालयद्वारा आयोजित “सुन्दर नेपाल सुखी नेपाली” विषयक राष्ट्रव्यापी फोटो प्रतियोगिताको उद्घाटन गर्दै उनले देशको सामाजिक, भौगोलिक, धार्मिक, साँस्कृतिक जस्ता विविध पक्षलाई झल्काउने यस्ता कार्यक्रमले नेपाल पर्यटन वर्ष २०२०को सफलताको लागि थप टेवा पु¥याउने बताए । ‘प्रर्दशनीमा राखिएका फोटोहरुले विविध पक्षलाई समेटेकोले राष्ट्रव्यापीरुपमा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा समेत नेपाललाई चिनाउन महत्वपूर्ण मूमिका खेल्ने विश्वास लिएको छ’, उनले भने ।

 

 

पाल्पा जिल्लाको तानसेन–११ स्थित बन्दिपोखरामा दसैंका लागि रातो माटोले घर पोत्दै गरेको स्थानीय विषयमा मिथुन कुँवरले खिचेको फोटोले उनलाई प्रथम स्थान दिलाएको छ । मिथुनको उक्त फोटो प्रतियोगिताको ‘सर्वाेकृष्ट फोटो’ भएको थियो । प्रवीण श्रेष्ठद्वारा लिइएको भक्तपुरमा आयोजित बेल विवाहमा बालिकाको फोटो दोस्रो भायो भने, दयासागर केसीले लिएको २०७२ सालको भूकम्पमा भत्किएका पाटनका मन्दिर पुननिमार्णका लागि काठ कुँद्दै गरेका कालिगढको फोटोले तेस्रो स्थान लिएको छ । स्कन्द गौतमद्वारा लिएको फर्पिङबाट देखिएको हुस्सुले छोपिएको गुम्बा फोटो चौथोमा रहयो । प्रतियोगितामा प्रथम स्थान लिन सफल मिथुन कुँवरले नगद ४० हजार तथा सम्मान–पत्र प्राप्त गरेका थिए । यसैगरी, द्वितीयले नगद २५ हजार तथा सम्मान पत्र र तृतीयले नगद १५ हजारका प्रमाण पत्र पाएका छन् । प्रतियोगीताका सान्त्वनाले नगद १० हजार तथा पमाणपत्र पाएका छन् । साथै ललितकलाद्वारा छानिएको ७० वटा फोटोका फोटो पत्रकारहरुलाई सम्मान पत्र वितरण गरिएको छ ।

प्रतियोगितामा छानिएका ७० फोटोहरुको यही २०७६ आजदेखि १७ गतेसम्म नेपाल ललितकला पज्ञा–प्रतिष्ठान नक्सालमा प्रदर्शन गरिनेछ । प्रतियोगिताका लागि देशभरबाट २ सय २१ फोटोग्राफरका करिब १ हजार फोटोहरु प्राप्त भएका थिए । नेपालका वरिष्ठ फोटोग्राफर मणि लाामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्रध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेसेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंश सम्मीलित निर्णायक मण्डलले विजेता सहितका उत्कृष्ट ७० वटा फोटो छानेको थियो । उक्त कार्यक्रममा वरिष्ठ फोटो पत्रकारहरु बखतबहादुर चित्रकार, मंगलमोहन श्रेष्ठ, पुष्प चित्रकार, श्रीधर मानन्धर र श्याम चित्रकार सम्मानीत भए । सोही कार्यक्रममा ललितकलाले आयोजना गरेको काष्ठकलाको प्रर्दशनी पनि गरिएको थियो ।

तस्बीर : रमण मानन्धर/डिसी नेपाल

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *