कुवेतमा एनआरएनए कप भलिवल प्रतियोगिता हुँदै

डिसी नेपाल
१३ पुष २०७६ १५:०१

कुवेत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कुवेतले अन्तर नेपाली भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी फेब्रुअरी २५ तारिख मंगलबारको दिन मिसरफस्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा हुनेछ।

जसका लागि एनआरएनए कुवेतका युवा संयोजक नवराज पराजुलीलाई संयोजकको जिम्मेवारी दिएको छ। प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल बुक गरिसकिएको छ । खेलमा नेपाली बाहेक अन्य राष्ट्रका खेलाडीलाई समावेश गराउन पाइने छैन । खेलाडीका लागि स्पोर्ट्स सुज तथा टिम ड्रेस अनिवार्य गरेको छ।

प्रतियोगितामा सहभागी जनाउने टिमका लागि दर्ता शुल्क २१ कुवेती दिनार तोकिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रथम पुरस्कारको राशि १ सय ५१ केडी, द्वितीय पुरस्कारको राशी १ सय१ केडी र तृतीय पुरस्कारको राशि ५१ केडी रहेको छ । प्रतियोगितामा अनुशासित टिम र उत्कृष्ट खेलाडीलाईसमेत पुरस्कृत गरिने एनआरएनए कुवेतले जनाएको छ ।

प्रतियोगिता आगामी गल्फ युनिभर्सिटीको कभर्ड हल मिसरफमा बिहान ७ बजे देखि सुरु हुने बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *