क्षतिपूर्तिले जलविद्युत अयोजनाको लागत बढायो : मन्त्री पुन

डिसी नेपाल
१८ पुष २०७६ १७:३३

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत अयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत बढ्ने गरेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले आयोजा प्रभावितहरुलाई मुआब्जा दिंदा लागत कम गर्न चुनौति रहेको बताताए । उनले ट्रान्समिसन लाइन पर्ने जग्गामा कम्तिमा २० प्रतिशत मुआब्जा दिदा समेत जग्गा पाउन कठिन भएको बताए । मन्त्री पुनले एकातर्फ विकासको आवश्यकता पुरागर्ने सरकारको आकांक्षा छ भने अर्कोतर्फ जमिन नै उत्पादनको मुख्य साधन रहेकोले पनि समस्या आउने गरेको बताए ।

मन्त्री पुनले आयोजनाको लागत कम गर्ने चुनौति बढै जाँदा स्थानीय तह र प्रदेश सरकारको सहयोगको अपेक्षा समेत गरे । उनले परियोजना पर्ने क्षेत्रका स्थानीयलाई शेयर दिने तथा नियमित भाडा उपलब्ध गराउने लगायतका विषयमा छलफल गरी लागत कम गर्न सकिने समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *