मलेसियामा अध्यागमनको छापाः १९ नेपाली अवैधानिक कामदार पक्राउ

डिसी नेपाल
२३ पुष २०७६ १९:३७
8
Shares

क्वालालम्पुर । मलेसिया सरकारले अवैधानिक विदेशी नागरिकहरूलाई स्वदेश फर्कन दिएको आममाफी कार्यक्रम ‘ब्याक फर गुड’ सकिएको छ। ‘ब्याक फर गुड’ सकिएपछि निकै कडाइका साथ कारवाही गर्न यहाँको सरकारले सुरु गरेको छ। यो कार्यक्रम सकिएसँगै मलेसियन अध्यागमनले विभिन्न स्थानहरुमा छापा मारेको छ।

सोही क्रममा अध्यागमन विभागले यहाँका विभिन्न ठाउँमा छापा मारेर १९ जना नेपालीसहित ८२ जना अवैधानिक विदेशी कामदारलाई पक्राउ गरेको छ।

उनीहरूलाई मंगलबार सेलाङगर अध्यागमन विभागले बातुकेभ र कोटा दमनसारामा छापा हानेर पक्राउ गरेको हो।

सेलाङगर अध्यागमनका डाइरेक्टर मोहमद शुक्रि नावीको नेतृत्वमा दिउँसो ३ बजे देखि साँझ ९ बजे सम्म बातुकेभ र कोटादमानसारा क्षेत्रका सुपर मार्केट, फुडकोर्ट र भोजनालयमा १ सय २२ जना विदेशी कामदारहरूलाई चेकजाँच गर्दा १९ नेपालीसहित बंगलादेशका २६, भारतका १४ , इन्डोनेसियाको ११ , म्यानमारका ८ र पाकिस्तानको ४ जना पक्राउ परेका हुन्। जसमध्ये ७७ जना पुरुष र ५ जना महिला रहेका छन्।

पक्राउ परेका सबैलाई सेलाङगर अध्यगमन बिभागमा राखिएको छ।

मलेसियन सरकारले देश फर्कन दिएको आममाफी ‘गुड फर ब्याक’ गएको अगष्ट ०१ देखि सुरु भई डिसेम्बर ३१ मा सकिएको थियो। आममाफीको अवधी सकिएसँगै जनवरी १ तारिखदेखि नै अवैधानिकहरूको लागि कडा अप्रेसनमा यहाँको सरकार उत्रेको हो । उसले अवैध कामदारका लागि जरिवाना तथा जेल सजाय पनि बढाएको छ।

अवैध विदेशी कामदारलाई काम दिनेहरूको खोजी गरि कानुनअनुसार कारवाही गर्ने डाइरेक्टर नावीले बताएको जबातान इमिग्रेशनले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *