एशियाली खेलकुद: पुरुष ५ हजार मिटर दौडमा मुकेशको राष्ट्रिय कीर्तिमान
काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
पालले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गरेका थिए। उनले सन् २००४ को एथेन्स ओलम्पिकमा राजेन्द्रबहादुर भण्डारीले बनाएको १४ मिनेट ०४.८९ सेकेन्डको कीर्तिमान १.२८ सेकेन्डले सुधार गरेका हुन्।
पुरुष ५ हजार मिटर दौडमा बहराइनका बिरहानु बालेवले १३ मिनट ३०.७९ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेका छन्। नेपालका मुकेश भने नवौं स्प्थान्मा आएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment