अमेरिकाको बोष्टनस्थित नेपाली भवनमा सरस्वती पूजा हुने

डिसी नेपाल
११ माघ २०७६ १०:३७

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको वोष्टनमा अनेसास बोष्टन र पशुपतिनाथ बुद्द फाऊण्डेशनको सहकार्यम यहि फेब्रुअरी १ तारिखका दिन आफ्नै नेपाली भवन  (594 Washington st , Braintree , MA 02184) मा बिशेष सरस्वती पूजा बन्दना कार्यक‍म हुने भएकाे छ ।

अनेसास बोष्टनले श्रीपञ्चमीको अवशरमा हरेक बर्ष गर्दै आएको  पूजा यस बर्ष पशुपतिनाथ बुद्द फाउण्डेशनसँगको सहकार्यमा हुन लागेको हो ।

नेपालीले धेरै वर्षपछि बोष्टनमा आफ्नै भवन किन्न सफल भएका र त्यहाँ सबै प्रकारका नेपाली भेटघाट चाडवाड रिती रिवाज उत्सव महोत्सव मान्न पुग्ने एथेष्ट हल तथा कोठाहरु भएकोले संभव भएसम्मका सबै  कार्यक्रमहरु आफ्नै हलमा गर्ने परम्पराको थालनी गर्न एवँ भवन प्रतिको एटाचमन्ट बढाउन अनेसासका अध्यक्ष यम पौडेलले संस्थाको तर्फबाट प्रस्ताव गरेपछी प्याव्फोनका पदाधिकारीले त्यसको समर्थन गर्दै तुरुन्त कार्यक्रम अघि बढाएका थिए।

आफनै भवनमा सरस्वती पुजा हुने कुराले यतिबेला वोष्टनको नेपाली वृत खुसी छ । विभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरु, साहित्यिक , धार्मिक एवं  सामाजिक व्यक्तित्वहरु सकारात्मक भएका छन, प्याव्फोन भवनमा हुने पहिलो सरस्वति पुजालाइ सफल पार्न आफुहरु लागीपर्ने जनाएका छन । पशुपतिनाथ बुद्द फाऊण्डेशका अध्यक्ष बिष्णु कार्कीले प्याब्फोनको तर्फबाट सूचना जारी गर्दै सम्पुर्ण नेपालीलाई समयमै ऊपस्थित हुन र यथाशक्य सहयोग को लागी आव्हान गरेका छन् ।

बोष्टनमा हल नै भाडामा लिई धुमधामका साथ सरस्वति पुजा मान्न थालिएको २०१२ देखि हो । सरस्वतीको पूजा, बन्दना, नेपाली बालबालिका लाई अक्षारम्भ  साथै साहित्यप्रेमीका नया नया रचना लेख्ने सुन्ने सुनाऊने काम हुँदै आएको थियो सरस्वती पूजामा ।

यसपटक भने बोष्टनमा स्थापित नेपाली क्लासहरु, नेपाली क्लास बोष्टन, मेट्रो वेष्ट नेपाली स्कुल नरउड र  हाम्रो पाठशाला केपकोडका नेपाली स्कुल लाई अनुरोध गरी सँभव भएसम्मका नेपाली बालबालिकाहरु एऊटै भवनमा सहभागी गराई सरस्वति पुजाको महत्व आफै बुझ्ने अबशर प्रदान गर्ने, नया काम शुभारम्भ गर्ने दिन श्रीपञ्चमीको महिमा गाउने  र बालबालिकालाई अक्षारम्भ गराऊने प्रमुख सोच भएको बताउँदै नया काम र नया सृजना गर्ने कलाकार आर्टिष्ट साहित्यकारहरुलाइ समेत सरस्वती पुजामा त्यतिकै स्थान दिइने प्याब्फोनका महासचिव गौरब थपलियाले बताए ।

बोष्टनमा प्याब्फोनले साढे सत्र लाख डलरमा गत अगष्ट ७ तारिख नेपाली भवन किनेपछि भवनमा केहि न केहि नेपाली गतिविधी  भइरहनुपर्छ ।

भवनको सदुपयोग हुनुपर्छ , नेपाली चाडबाड का अतिरिक्त धार्मिक चाडपर्वहरु बौद्द जयन्ती, कृष्ण जन्माष्टमी, ऋषि पञ्चमी, श्रीपञ्चमी, स्वस्थानी, महा शिबरात्री  जस्ता पर्वहरुलाई संस्थाको बार्षिक कैलेण्डरमा लेखिनुपर्छ भन्नेहरुको संख्या बढिरहेको छ ।

फाऊण्डेशनले पनि आफ्नो शुरु देखिको उद्देश्य, पशुपतिनाथ र बुद्दको मन्दीर सहित नेपाली कम्युनिटि सेन्टर वनाउने कुरालाइ स्पष्ट रुपमा राख्दै आएको छ । तथापि साधारण सभाको म्यान्डेट र  ग्रेटर बोष्टनबासी नेपाली को जनमत लिदै वैधानिक रुपमा भवनलाई मन्दीर र कम्युनिटि सेन्टर दुबैको रुपमा बिकास गर्ने तर्फ पाव्फोन अग्रसर छ । भवनमा धार्मिक कार्यक्रम बढाउनुपर्ने आवाज़ पनि उठिरहेको छ।

गत महिना डिसेम्बर ८ तारिख लगाइएको सत्यनारायण पुजा सोचे भन्दा राम्रो रुपमा सफल भएको थियो । सामाजिक कार्यक्रम मा कताकति मात्र आऊने महिलाहरु धार्मिक कार्यक्रममा स्वतस्फुर्त आएको देख्दा यसपालीको सरस्वती पुजा पनि उल्लेखनीय रुपमा सफल हुने अपेक्षा आयोजक टिमको छ ।

यसपाली  सरस्वति पूजा सफल पार्न दुवै संस्थाका पदाधिकारी एकमतले लाग्ने देखिएको छ । अघिल्लो महिना सत्य नारायण पुजामा खटेको टिम र सफल अनुभव सगाल्नु भएकी तत्कालीन संयोजक अञ्जु थापाले त्यतिकै साथ दिने बताएका छन् ।

नेपालमा रहेका अनेसास का उपाध्यक्ष विजय शर्मा र कवियत्री दिपा राइ पुनले थाहा पाई फोन सम्पर्क गरी वालवालिकालाइ प्रदान गर्ने वाल पुस्तिका पुजा अगावै वोष्टन ल्याउने बचन दिएका छन्।

यद्दपि गर्नुपर्ने काम र आपसी तालमेलको लागी सम्पर्क ब्यक्तिको रुपमा यम पौडेल, गौरब थपलिया, सुरेश ढकाल, दिनेश ढुँगेल, शान्ती जोशी, मनोहर धितालको नाम उल्लेख गरिएको छ ।

आन्तरिक सम्पर्क सम्पर्कैले पुजाको सवै तयारी पुरा होस, निम्ता प्रचार प्रसार पनि सम्पर्क वाटै हुनसकोस र सहयोग पनि सम्पर्क वाटै जुटन सकोस भन्ने चाहना सबैको हुनु स्वभािवक हो  हामीहरु पनि आयोजक संस्था र सरस्वती पुजाको पक्षमा पुरा समय दिइ इमान्दारीतीका साथ लागी पर्नेछौ, बोष्टनमा राम्रो नेपाली एकता छ, जे भएपनि पर्दा र राम्रो कार्यक्रमको बेला सबै एकजुट हुने प्रचलन छ यसपटक सरस्वती पुजा सफल पार्न पनि सबै नेपालीको त्यतिकै साथ सहयोग हुनेछ, पुजा सम्पर्कमा रहेका ब्यक्तिहरुले विक्कवास ब्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *