एन्टाद्वारा सामुदायिक सतर्कता जारी: अनधिकृत व्यक्तिहरूबाट भ्रम नफैलाउन आग्रह

डिसी नेपाल
२२ असोज २०८३ ११:५८

वासिङ्टन डीसी। ‘एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिका’ (एन्टा) ले संस्थाको नाममा भ्रम र मिथ्या सूचना फैलाइएको भन्दै समुदायका सदस्यहरूलाई सतर्क रहन सार्वजनिक आह्वान गरेको छ।

एन्टाको आधिकारिक संरचनाभन्दा बाहिर रहेका केही व्यक्तिहरूले अनधिकृत रूपमा संस्थाको नेतृत्व दाबी गरेपछि स्थिति स्पष्ट पार्न संस्थाले प्रेस विज्ञप्ति जारी गरेको हो।

एन्टाका अनुसार मृदुला गुप्ता, तौलेश्वर पी. चौधरी र ध्रुव झा लगायतका व्यक्तिहरूले वैधानिकता वा आधिकारिक स्वीकृति बिना नै आफूलाई एन्टाको नेताका रूपमा सार्वजनिक रूपमा प्रस्तुत गर्दै आएका छन्।

संस्थाको आधिकारिक अभिलेख अनुसार पूर्वसदस्य अपराजिता झाले ३१ मे २०२० मा एन्टाबाट राजीनामा दिएकी थिइन्। राजीनामा दिएपश्चात् उनले नेतृत्वको अधिकार दाबी गर्दै अदालतमा मुद्दा दायर गरे तापनि उक्त मुद्दालाई अमेरिकाको ‘फेयरफ्याक्स काउन्टी सर्किट कोर्ट’ ले खारेज गरिदिएको छ।

अदालतको उक्त खारेजी निर्णयसँगै उनको नेतृत्व वा संस्थागत नियन्त्रणको दाबी पूर्ण रूपमा कानुनी अधिकारविहीन भएको छ। त्यसैले, उनको अधिकार वा नेतृत्वमा गठन गरिएका कुनै पनि नियुक्ति, समिति, महाधिवेशन वा नेतृत्व पदहरूलाई आधिकारिक एन्टा संस्थाले मान्यता नदिने स्पष्ट पारिएको छ।

एन्टाका अध्यक्ष मोहन कुमार यादवले अनधिकृत प्रतिनिधिहरूका तर्फबाट गरिने आर्थिक सहयोग, सदस्यता, वा अन्य कुनै पनि कार्यक्रमहरूमा सहभागी हुँदा विशेष सतर्कता अपनाउन समुदायसँग आग्रह गरेका छन्।

एन्टाको छैटौँ महाधिवेशनबाट विधान बमोजिम निर्वाचित अध्यक्ष यादव नै संस्थाको आधिकारिक नेतृत्व भएको विज्ञप्तिमा उल्लेख छ। सन् २००५ मा अमेरिकाको टेक्सस राज्यको ५०िल(c)३ ऐन अनुसार दर्ता भएको यो संस्था पारदर्शिता, सामुदायिक एकता र संस्थागत मर्यादा जोगाउन सधैँ प्रतिबद्ध रहेको जनाइएको छ।

यस सम्बन्धी थप जानकारी तथा आधिकारिक सम्पर्कका लागि अध्यक्ष मोहन कुमार यादव (phone: 571-485-6528, email: [email protected]), महासचिव डा. रवीन्द्र मण्डल (email: [email protected]), प्रवक्ता श्रीमती कञ्चन चौधरी (email: [email protected]) र ट्रष्टी बोर्ड अध्यक्ष डा. राम बाबू यादव (email: [email protected]) वा संस्थाको आधिकारिक इमेल ([email protected]) र वेबसाइट (anta-terai.org) मार्फत सम्पर्क गर्न सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *