सिडेन बाग्मती प्रदेशको अध्यक्षमा चालिसे निर्बिरोध
काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को बागमती प्रदेश समिति सभापतिमा इन्जिनियर शिवलालचालिसे चयन भएका छन्।
शनिबार काठमाडौंमा सम्पन्न भेलाले चालिसेलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो।
सिडेनका केन्द्रिय अध्यक्ष इन्जिनियर शंकर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन घोषणासभामा चालिसेलाई सभापतिमा निर्बिरोध निर्वाचित गराइएको हो।
उक्तसमितिको उप–सभापति इञ्जिनियर राजेन्द्र सिलवाल, सचिवमा इञ्जिनियर बिक्रम खतिवडा, सह–सचिवमा इञ्जिनियर अर्जुन उपाध्याय, कोषाध्यक्षमा इञ्जिनियर विश्वाश पोख्रेल निर्वाचित भएका छन्।
१५ सदस्य समिति निर्विरोध निर्वाचित गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment