नर्वेको पर्यटन मेलामा नेपाल भ्रमण वर्षको प्रवर्द्धन

डिसी नेपाल
१३ माघ २०७६ १६:२९

ओस्लो । नर्वेको पर्यटन मेलामा  नेपाल भ्रमण वर्षको प्रवर्द्धन गरिएको छ  । एनआरएनए नर्वेको संयोजन तथा नर्वे नेपाल फोरेनिंग, नेपाली दुतावास डेनमार्क र नेपाल पर्यटन बोर्डको सहयोगमा  राजधानी ओस्लोमा नेपाल भ्रमण वर्षको प्रवर्द्धन गरिएको हो ।

ओस्लोस्थित रेडियसन होटेलमा आयोजित २ दिने पर्यटन मेलामा नेपाल, इन्डोनेसिया, पोल्याण्ड, साइप्रस, क्रोएसिया, लात्भिया, इस्टोनियालगायत विभिन्न देशका स्टलहरू राखिएका थिए।

नेपाल भ्रमण वर्ष २०२० प्रचारप्रसार कार्यक्रममा स्वतस्फुर्त राष्ट्रिय पोशाकमा सझिएका नेपाली र नर्वेजियन स्वयंसेवीले मेला आउने सबैको ध्यान आकर्षण गर्न सफल भएका थिए।

नेपालको स्टलमा नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरूमा जानकारी दिनुका साथै नेपालको संस्कृति  झल्किने नृत्यहरू पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल भ्रमण गरेर फर्किएकी नर्वेजियन नागरिक मारित बाक्केले नेपालको प्रकृति र संस्कृतिबारे मेला घुम्न आउनेलाई आफ्नो अनुभव सुनाएकी थिइन् ।

फोटो: स्मिता मल्ल

नेपालको स्टल घुम्ने मध्ये एक जना विदेशीलाई गोलाप्रथाद्वारा नेपाली कला झल्किने आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

त्यस्तै नेपाली नृत्य प्रस्तुत गरेका कलाकारहरूलाई उपहार दिएर सम्मान गर्दे प्रोत्साहन  गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *