भ्यालेन्टाइन डेमा वरिष्ठ गायक प्रकाश श्रेष्ठ साँझ हुँदै
वाशिंटन। डिसी नेपाल र फोटो बैंक स्टुडियोको संयुक्त आयोजनामा १४ फेब्रुअरी ‘भ्यालेन्टाइन डे’ मा चर्चित गायक प्रकाश श्रेष्ठ नाइट कार्यक्रमको आयोजना हुँदैछ।
अमेरिकाको फेरय फ्याक्स भर्जेनियामा रहेको तन्दुरी नाइट्स रेस्टुरेन्टमा आयोजना हुने कार्यक्रममा चर्चित गायिका सविता श्रेष्ठको समेत प्रस्तुती रहनेछ।
यसैगरी लोकल ब्याण्ड मोक्ष मन्त्रले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछ। कार्यक्रमको प्रायोजन जेन ट्राभल्सले गरेको छ।
भ्यालेन्टाइनमा महिलालाई रातो पोशाक र पुरुषले कालो शुटमा आउन आयोजकले अनुरोध गरेको छ।
उत्कृष्ट भ्यालेन्टाइन जोडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। सहभागीहरुको सेलेब्रेटी फोटोग्राफर राजीव श्रेष्ठले फोटो खिच्ने कार्यक्रम रहेको छ। थप जानकारीका लागि तल दिइएको ब्यानरमा हेर्न सकिनेछ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment