१०७ देशका ११ हजार स्कुलहरुमध्ये नेपालको अरुणोदय उत्कृष्ट १६ मा छनोट

डिसी नेपाल
१६ माघ २०७६ ९:५७
24
Shares

वासिङ्टन डिसी, अमेरिका । टिच् अ म्यान टु फिस, यूनाईटेड किन्डोमको आयोजनामा भईरहेको ‘स्कुल इन्टरप्राईजेज च्यालेन्ज-२०१९’ अवार्ड प्रतियोगितामा भक्तपुरको अरुणोदय ईङ्गलिस स्कुल छनोट भएको छ ।

प्रतियोगितात्मक शैक्षिक क्रियाकलापमा सहभागी भएका एक सय ७ वटा देशका एघार हजार स्कुलहरु मध्येबाट विद्यार्थीहरुले पठाएको विजनेश प्लान र रिर्पोटको आधारमा नेपालबाट अरुणोदय स्कुल सर्वोत्कृष्ट १६ मा छनोट भएको हो ।

छनोट भएका १६ वटा विद्यालयमध्ये भोटिङ्गका आधारमा सर्वोकृष्ट छनोट हुने छ। छनोट हुने पहिलो विद्यालयलाई अमेरिकी डलर एक हजार सहित स्कुल इन्टरप्राईजेज च्यालेन्ज अवार्ड प्रदान गरिने छ।

स्कुल इन्टरप्राईजेज च्यालेन्ज को सामाजिक सञ्जाल फेसबुक पेज मार्फत भोट गर्न सकिने छ।  स्कुलले सम्पूर्ण नेपालीहरुलाई भोट गरेर नेपालको गौरवका साथै नेपाली विद्यार्थीहरुलाई हौसला प्रदान गरिदिन अनुरोध समेत गरेको छ ।

भोट गर्न यहाँ क्लिक गर्नु होला ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *