अख्तियारका सचिबलाई १५ दिन भित्र हाजिर हुन सर्वोच्चको आदेश

डिसी नेपाल
१६ माघ २०७६ १८:१६

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक भ्रष्टाचार सम्बन्धि मुद्दामा सर्वोच्च अदालतको आदेश नमानेपछि बिहीबार आयोगका सचिबलाई हाजिर हुन आदेश दिएको छ।

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचार सम्बन्धी एउटा मुद्दाको अभिलेख लिएर १५ दिनभित्रै आफैं इजलासमा उपस्थित हुन आदेश दिएको हो।

न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले सचिव न्यौपानेलाई अनिवार्य उपस्थित हुन आदेश दिएको हो।

नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख अख्तियारले पटक पटक ताकेता गर्दा पनि दिन नदिएपछि सर्वोच्चले उक्त मुद्दाको कागजात अभिलेख खोजी १५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *