विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष खड्ग केसीद्वारा शपथ ग्रहण

डिसी नेपाल
२१ साउन २०८३ १९:०४

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्राडा. खड्ग केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच बिहीबार अध्यक्ष केसीलाई शपथ खुवाएका हुन्। यसअघि बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

अध्यादेशमार्फत आयोगका तत्कालीन अध्यक्ष प्रा. डा. देवराज अधिकारी पदमुक्त भएपछि उक्त पद खाली रहँदै आएको थियो, यद्यपि अधिकारीले अध्यादेश जारी हुनुअघि नै राजीनामा दिएका थिए।

नवनियुक्त अध्यक्ष केसीले पनि त्रिविको शिक्षाध्यक्ष पदबाट अध्यादेश आउनुअघि नै राजीनामा दिएका थिए। उनी २०८१ वैशाखमा त्रिविको शिक्षाध्यक्षमा नियुक्त भएका थिए भने तत्कालीन उपकुलपति प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि उgले उपकुलपतिको समेत जिम्मेवारी सम्हालेका थिए।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक रहेका केसी अब आयोगको नेतृत्व सम्हाल्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *