आनन्दवन अस्पतालमा ६ हजार बिरामीको उपचार

डिसी नेपाल
२० माघ २०७६ १२:४०

काठमाडौँ । गोदावरी नगरपालिकास्थित आनन्दवन अस्पतालमा गत वर्ष बहिरङ्ग विभागमा छ हजार १८५ बिरामीले उपचार सेवा लिएका छन्।

कुष्ठरोगसम्बन्धी सबै उपचार र कुष्ठ प्रभावितका लागि पुनःस्थापना कार्यक्रमसमेत गर्दै आएको सो अस्पतालमा उक्त अवधिमा ८६५ बिरामी भर्ना भएर उपचार गराएका थिए।

अस्पतालमा सबै उमेर र क्षेत्रका मानिस उपचारका लागि आउने गरेको चिकित्सक डा. महेश साहले बताए।

देशभित्र मात्रै नभएर कतिपय विदेशीसमेत आइरहेका छन्। उनले भने, “विदेशीमा बढी भारतीय छन् र अरू दक्षिण एशियाली देशबाट छन् ।” अस्पतालले गम्भीर किसिमका घाउ भएका बिरामीको पुनःस्थापना शल्यक्रिया (रिकन्सट्रक्टिभ सर्जरी) गर्दै आएको अस्पतालमा कार्यरत चिकित्सक डा साहले बताए।

अस्पतालले गत वर्ष नै ११३ जनाको यस किसिमको शल्यक्रिया गरेको थियो। दी लेप्रोसी मिशन नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरिरहेको अस्पतालमा कुष्ठरोगका लागि ८० श्यया निःशुल्क छ।

अस्पतालले कुष्ठरोग प्रभावितलाई स्वयम हेरचाह र पुनःस्थापना सेवा निःशुल्क दिँदै आएको छ। हालसम्म उपचार गराएका बिरामीको सङ्ख्या २१ हजार ३३९ पुगेको अस्पताल प्रशासनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *