चोरी भएका मोटरसाईकल बरामद गरी सार्बजनिक

डिसी नेपाल
४ फागुन २०७६ १२:५९

काठमाडौँ । काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो।

प्रहरी उपरिक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धानका क्रममा काठमाडौं र धादिङ्का विभिन्न स्थानबाट चारवटा मोटरसाइकल फेला पारेको बताए ।

उनले मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेलाई समेत पक्राउ गर्न सफल भएको बताए ।

प्रहरी उपरिक्षक श्रेष्ठले फेला पारेका मोटरसाइकलहरु थानकोट तथा बालाजु क्षेत्रबाट हराएको बताउए । मोटरसाइकल चोरी गरी फरक नम्बर प्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *