कोरोना भाइरस (कविता)

डिसी नेपाल
५ फागुन २०७६ ८:०२
4
Shares

झ्यालढोका थुनेको बन्द कोठामा

म पनि मर्छु कि भन्दै

पल पल भयङ्कर डर र त्रासमा

एक एक दिन गन्दै

 

आँखामा रसाएका आँसु

सुक्क सुक्क गर्दै रुँदै पुछ्दै

नेपाल सरकार लिन आउला भनि

हरदम नेपाल आमालाई सोच्दै

 

एउटा नेपालको छोरो

आसै आसमा बसिरहेछ वुहानमा

कोरोना भाइरसले समाएर

कतै पर्ने हो कि चिहानमा

लेखक

बङ्गला देशले उद्धार गरेछ

भारत, दक्षिण कोरियाले पनि

सबैले आ-आफ्नो नागरिक

लगिसके एक एक गनि

 

मंत्रालय सिंहदरबार घेर्दाघेर्दा

बल्ल बल्ल जहाज आएथ्यो

अब त जान पाइएला भनि

कति हर्ष मनमा छाएथ्यो

 

आफ्नै भूमी जान पाइएन

हेर्दा हेर्दै छोडी उड्यो जहाज

हे दैव अब कसरी बाँचिएला

कोरोना भाइरसको रोग माँझ

 

हाम्रो नेपाल सरकार बाहेक

सहारा अब यहाँ को छ र

बा आमा नेपालमा रूने

छोराछोरी कहिले आउलान घर

अब त खाना पनि तुरिसक्यो

पानीबाट पनि सङ्क्रमण हुने डर

अब होला तब होला भन्दा भन्दै

एक्लै तड्पिनु पर्यो यति पर

लस एन्जेलस, अमेरिका

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *