नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु

डिसी नेपाल
६ फागुन २०७६ १०:२७

मुग्लिन । सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

आज बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना८ख ६९८० नंको गिट्टी बोकेको टिपर एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा परेका सवारी साधन सडकमै तेर्सिएपछि सडक अवरुद्ध भएको थियो। क्रेनको सहायताबाट हटाएपछि बिहान ७ः१५ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए। घाइते चालकलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने टिपर चालक प्रहरीको नियन्त्रणमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *