उद्योग वाणिज्य महासंघको साधारणसभा चैत अन्तिममा, बरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधानको भिडन्त

डिसी नेपाल
११ फागुन २०७६ २०:०८

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) निर्वाचन सहितको साधारणसभा चैत २८ र २९ काठमाडौंमा हुने भएको छ। आइतबार बसेको महासंघको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको हो।

महासंघमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा चयन हुने प्रावधान अनुसार साधारणसभाबाट शेखर गोल्छा अध्यक्ष हुनेछन्। साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्यहरुको निर्वाचन हुनेछ।

यसैगरी वरिष्ठ उपाध्यक्षका लागि हालसम्म चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदारी घोषणा गरिसकेका छन्। त्यस्तै समितिले महासंघ अन्तर्गतको प्रदेशको निर्वाचन भने केन्द्रको सकेपछि गर्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *