आकाशबाटै डोनाल्ड ट्रम्पको हिन्दीमा ट्वीट !
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज २ दिने भारत भ्रमणको लागि आउँदैछन् । उनी अहमदाबादको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । उनी अमेरिकाबाट उडिसकेका छन् । पहिलो भारत भ्रमणका आउन लागेका ट्रम्पको स्वागतको लागि पूरै अहमदाबाद शहरलाई सजाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्रम्पको स्वागतको लागि अहमदाबाद पुगिसकेको भारतीय मिडियाले लेखेका छन् । ट्रम्पले आकाशबाटै हिन्दीमा ट्वीट गर्दै आफू बाटोमा रहेको र केही घण्टामा सबैसँग भेट्ने बताएका छन् ।
हम भारत आने के लिए तत्पर हैं । हम रास्ते में हैँ, कुछ ही घंटों में हम सबसे मिलेंगे!
— Donald J. Trump (@realDonaldTrump) February 24, 2020
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment