प्रधानमन्त्रीको जन्मदिन मनाउँदा भीम रावलले उठाए प्रश्नैप्रश्न

डिसी नेपाल
१२ फागुन २०७६ १६:५५

काठमाडौं। सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा पार्टीको सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले एक दिन ढिलो गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्म दिनएको शुभकामना दिएका छन्।

ओलीको ६८ औं जन्म दिन आइतबार मनाइको थियो। जुन निकै विवादित पनि बन्यो। एक दिन ढिलो शुभकामना दिएका नेता रावलले जन्म दिन मनाउँदा भएका गल्तीहरु औंल्याएका छन्। उनले केक काट्ने नेपाली संस्कृति नभएको भन्दै नेपालको नक्शासहितको केक काटेमा प्रश्न उठाएका छन्। यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठिक नभएको भन्दै उनले प्रश्न उठाएका छन्।

र नेता रावलले पार्टीको निर्णयअनुसार त यस्तो जन्म दिन मनाउनै नहुने बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ–केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृद्धि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन। पार्टी निर्णयले झनै मिल्दैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *