प्रचण्डलाई भेटेर परिवार दलले माग्यो समानुपातिक सांसद

डिसी नेपाल
१२ फागुन २०७६ १८:०२

काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डलाई भेटी ढकालले समसामायिक राजनीतिक बिषयमा छलफल गर्नुको साथै तत्कालिन नेकपा एमाले र नेपाल परिवार दलबीच भयको ३ बुँदे सहमतिको कार्यन्वयनका लागि ध्यानाकर्षण गएको उनको निजि सचिब जितेन्द्र श्रेष्ठले बताए।

केहि समय अघि परिवार दलले सोही बिषयमा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराएको थियो।

गत निर्बाचनको बेलामा परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाइ सघाएको थियो। सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो। अध्यक्ष प्रचण्डले दुई पार्टीको बिगतदेखिको सहकार्यको स्मरण गर्दै आफ्नो ध्यानाकर्षण भयको र सहमतिलाई सकारात्मक रुपमा पार्टीमा छलफल गर्ने बताएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले बताए।

भेटमा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र महासचिब बिष्णु पौडेल सहभागी थिए। परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रबक्ता सन्तोष पौडेल तथा गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापा सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *