सामाजिक सञ्जालमा छद्म नामबाट प्रधानमन्त्रीका सल्लाहाकारहरुमाथि आक्रामक टिप्पणी

डिसी नेपाल
१३ फागुन २०७६ ३:५४

काठमाडौं। सेक्यूरिटी प्रेस खरिदमा कमिशको कुरा गरेको अडियो टेप बाहिरिएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनु परे पनि यो विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु शान्त भएका छैनन्। धेरैजसो छद्म नामधारीहरुबाट उनीहरुमाथि प्रहार गरेको पाइएको छ ।

त्यसमाथि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको उत्सव विवादास्पद भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। बाँस्कोटाको अडियो टेप र प्रधानमन्त्री ओलीले काटेको केकका कारण तरंगित बनेको सामाजिक सञ्जालको तारोमा प्रधानमन्त्रीका सल्लाहाकारहरु परेका छन्।

गएको बिहीबार यता प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापा, मुख्य सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराई र प्रधानमन्त्रीका अति निकट बाँस्कोटाले समाजिक सञ्जालमा विभिन्न चाड पर्वका शुभकामना दिँदा पनि गाली खानु परेको छ।

मन्त्री पदबाट राजीनामा दिएपछि बाँस्कोटाले महाविशरात्रीको शुभकामना दिँदा ट्वीटरमा उनलाई जवाफ दिनेहरुले गाली गरे। केही व्यंग्यात्मक शैलीका गाली छन् भने केही अशिष्ट।
उनले ट्वीटरमार्फत शेर्पाहरुले मनाउने ल्होसारको शुभकामना दिँदा पनि गाली खानु परेको छ।

यस्तै प्रेस सल्लाहाकार थापाले प्रधानमन्त्रीका गतिविधि र जन्म दिनबारे ट्वीटरमा जानकारी दिँदा पनि गाली खाएका छन्।

ट्वीटरमा प्रधानमन्त्री ओलीको पुस्तक भिजन टू एक्शनको पुस्तक राखेका मुख्य सल्लाहाकार विष्णु रिमाललाई ट्वीटरमा जवाफ दिने आफूलाई सानो भाइको नामबाट चिनाउनेले लेखेका छन्, ‘गोकुल सरको ‘घुस–डिलिङ’ को प्रमाण दुई महिनाअघि नै हात पर्दा पनि एकातिर अरू र अर्कोतिर गोकुल जोख्दै हिँड्ने प्रधानमन्त्री केपी ओलीको नीति र नियत स्पष्ट भयो। अब कसैले सूर्यलाई हत्केलाले नछेके भो।’


अर्का ट्वीटर प्रयोगकर्ता अनिल केसीले लेखेका छन्, ‘अब तपै हरुले मार्ग प्रसस्त गरेर पी एम लाइ कलङ्कित हुन बाट जोगाउन परो कमरेड।’

ट्वीटरमा आफूलाई श्रीकिङका नामबाट चिनाउनेले लेखेका छन्, ‘५–६ अरबको भैरहवा एयरपोर्टको निर्माण खर्च २५–२६ अरब नघाइयो। मेलम्ची, बबई जस्ता ठूला योजनाको हालत यस्तै छ। लागत स्टिमेट एउटा गर्ने अनि अनेक बहानामा ढिलाई गर्ने। भेरिएसनको नाउँमा लागत बढाउंदै लैजाने१ यो कस्तो सुशासन हो। त्रुटिपूर्ण स्टिमेट, ढिलाई र भेरिएस प्रेमी कर्मचारी संधै चोखा?’
राजन भट्टराईलाई ट्वीटरमा जवाफ दिने एक बशिस्थ नामको ट्वीटर ह्याण्डलमा लेखिएको छ, ‘हा हा हा बच्चा बच्चिले त लौ देखासेखिमा केक काटेर जन्मदिन मनाए रे ठिकै होला तर यस्ता बुर्जुक सम्मानित ब्यक्तिले समेत पर संस्कृती पक्रेर पुग्ने काहा?’ जन्मदिनमा केक होइन अष्ट चिरन्जिबिको पुजा हुन्छ मान्यबर यदि आफ्नो पहिचान न भुल्ने भए नत्र जे गरेनी लौ।’


अर्का एकजना टिपी पौडेलले लेखेका छन्, ‘प्रम जि लाई ६९ औं जन्म दिनको  पावन अवसर ७० करोड शुभकामना व्यक्त गर्छ छु।’

गोकुल बाँस्कोटालाई ट्वीटरमा जवाफ दिने सुवाष राणाले लेखेका छन्, ‘यदि म त्यो ठाउमा भएर ७० करोड कमिसन डिल गरेको अडियो मिडियामा सार्वजनिक हुन्थ्यो भने म नैतिकताको आधारमा झुन्डिएर आत्मा हत्या गर्थे गोकुल सर तपाई त अझैपनी खुल्याम हिड्ने बोल्ने गर्नुहुन्छ अलि लाज लाग्दैन र ?’

अर्को ट्वीटर ह्याण्डल ओरिजिनल मुखियाबाट बाँस्कोटालाई जवाफ दिइएको छ, ‘जो चोर उसैको ठूलो स्वर।’

परिधी अधिकारीले लेखेकी छन्, ‘शुभकामनामा हल्का हल्का भ्रष्टाचारको गन्ध पो आइराछ त, असत्तीले भिडियो सार्वजनिक गरेर त हो नि, गुपचुप नै राखेको भए तपाईं भ्रष्ट नेता होईन राजनेता यतिबेला शुभकामना होईन अरुलाई उडाउँदै बस्दै गर्नुहुन्थ्यो होला।’

प्रेस सल्लाहाकार थापालाई ट्वीटरमा जवाफ दिँदै सूर्य कोइरालालेले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री ज्युलाई जन्मदिनको शुभकामना। साथै गोकुल जस्ता आफ्ना आसेपाछे, जयजयकार गाउँने भित्रियाहरुको काला कर्तुतहरु देख्ने शक्ति, तिनलाई घोक्रेठ्याक लाउने इच्छाशक्ति समेत प्राप्त होस भन्ने कामना।’


सूर्यकुमार नामको ट्वीटर ह्याण्डलबाट लेखिएको छ, ‘फटाहाहरूको घेराबन्दी र झुण्डबाट टाढा रहने सदबुद्धि प्राप्ति होस् ,जन्म दिनको लाखौंलाख शुभकामना प्र म ज्यु।’

यस्तै निर्मल त्रिपाठीले लेखेका छन्, ‘नेकपाको आचार संहिता उल्लघन गरेर जन्मदिन मनाउनु त केही भएन तर काट्ने केकमा नेपालको नक्सा राखेर चाहि कस्तो राष्ट्रभक्ति प्रस्तुत गर्दै हो कमरेड? यत्तिसम्म सोच नभएको मान्छेलाई किन प्रधानमन्त्रीको कार्यक्रम व्यवस्थापनको जिम्मा दिनुहुन्छ? बेलैमा सोचौ कमरेड।’

सामाजिक सञ्जालमा प्रधानमन्त्रीका सल्लाहाकारको आलोचना गरिएका जवाफ यतिमात्र होइनन्। उनीहरुलाई आलोचना गर्नेक्रम जारी छ। यसरी आलोचना गर्नेहरु प्रायःजसो छदम नाममा देखिन्छ। यी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका कमेन्टले समाजमा विचार निर्माणमा भने भूमिका खेलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *