गर्जिए गगन : प्रधानमन्त्री ओली ‘देखिँदाखेरी सुरो यथार्थमा बिचरो’ (भिडियाे सहित)
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । थापाले सख्याको हिसाबले प्रधानमन्त्री बने पनि बैधानिक योग्यता र क्षमता गुमाइसकेकोले नेकपा र राष्ट्रको हितको लागि राजनामा मागेका हुन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले भने, ‘संख्या तपाईसँग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाईले गुमाउनु भएको छ । त्यसैले सम्माननिय प्रधानमन्त्री जी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाई स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’
थापाले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघि नै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न समेत गरेका थिए ।
पूर्व मन्त्री समेत रहेका थापाले प्रधानमन्त्रीलाई डुलेर बस्नुभन्दा संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताए । उनले भने, ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ? प्रधानमन्त्री ज्यूसँग हिम्मत छ की छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनै पर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ राख्नै पर्छ । सम्मानिय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन् । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन् सही प्रश्नहरु सोध्नेछौँ ।’’
नेता थापाले भने, ‘प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाई थाहा छैन् । तर उहाँका आसेपासेहरुले केही दिनदेखि भनिरहनुभएको छ उहाँलाई थाहा थिएन् । प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलो मा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाईका आधारमा काभ्रेले अहिले सम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमनत्रीकोे प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने ? हामीले पत्याउने नै हो भने हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ । यी सबैकुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्री जी तपाईलाई के थाहा छ ? प्रधानमन्त्री जी तपाईलाई थाहा छ नागरिकहरु के भन्दैछन् ।’
सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर फोर जी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना लगायतका ठेक्काका बारेमा सबै कुरा थाहापाएको भएपनि अहिले परिस्थिति नियन्त्रण बाहिर गएपछि बस्कोटा बलिको बोको भएको भनेर नागरिकले भनिरहेका थापाले भने ।
प्रधानमन्त्री ओलीलाई थापाले बालुवाटारमा ऐन छ कि छैन भनेर समेत प्रश्न गरेका छन् । पटक पटक भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीलाई जनताले प्रश्न गर्दैछन् भन्दै थापाले भने, ‘प्रधानमन्त्री जी तपाईले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक पटक दोहो¥याउनु भएको छ । तर नागरिकहरु तपाईलाई प्रश्न गर्दै छन् । बालुवाटारमा ऐना छ की छैन भनेर सोध्दैछन् ।’
एमसीसी प्रकरणमा पार्टीका खाँटी राष्ट्रवादीहरुले प्रधानमन्त्रीलाई तह लगाएको भन्दै थापाले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने कुरामा कसरी कमजोर देखिनुभयो भन्दै े प्रश्न गरे ‘एमसीसीको प्रकरणका सन्दर्भमा तपाईको पार्टीभित्रका खाँटी राष्ट्रवादीले जसरी तपाईलाई तह लगाएका छन् । अनि २ दिन अगाडी मात्रै अहिले जति जालझेल गरेर होइन होइन भनेपनि तपाईको पार्टी बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने कुरामा तपाई जसरी कमजोर देखिनुभयो । त्यो देखेपछि तपाईलाई बाहिर के भन्दैछन् । थाहा छ ? ‘देखिँदाखेरी सुरो यथार्थमा बिचरो’ भन्दैछन् प्रधानमन्त्री जि तपाईर्लाइ थाहा छ ?’, थापाले प्रश्न गरे ।
प्रधानमन्त्रीको जन्मादिनका विषयमा बाहिर टिप्पणी भइरहेको भन्दै थापाले पूर्वराजाहरुको न्यास्रो मेटाउने गरी प्रधामन्त्रीले जन्मदिन मनाएको भन्दै बाहिर प्रश्नहरु उठिरहेको बताए । ‘हामीलाई २०६०÷२०६१ को ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भन्नुहुन्छ । पूर्वराजा यसरी नै हिडिबक्सनुहुन्थ्यो । आफै अभिनन्दन गराउन लगाइबक्सन्थ्यो । विद्यार्थीहरुलाई बोलाइ बक्सन्थ्यो । सबैले जय जयकार गर्थे । अनि आफ्नो छेउको भारद्वारलाई सोधी बक्सन्थ्यो एक दुई जना मान्छेहरु यताउता विरोध गरिरहेका छन् नी ? अनि भारद्वारले भन्थ्यो महाराज सब ठिक छ यी एक दुई जना केही मानिसहरु मात्र महाराजको विरोध गरिहेका छन् । प्रधानमन्त्री जी मात्र होइन् त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जे जस्तो भिडभाड देखियो तछाड मछाड देखियो यो देख्दै गर्दा प्रधानमन्त्रीको वरिपरि रहनेहरुले पूर्वराजा ज्ञानेन्द्रको भारद्वारहरुको न्यास्रो पनि मेटाइदिएका छन्’’, उनले भने ।
यी सबैकुरा प्रधानमन्त्रीलाई थाहा भएर पनि प्रधानमन्त्री थाहा नपाएजस्तो गर्नुभएको भए पाप हुने र पाए नपएको भए प्रधानमन्त्रीको अक्षमता हुने भन्दै थापाले राजीनामा माग समेत गरे ।
थापाले प्रधानमन्त्री ओलीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्न पनि आग्रह गरेका थिए ।







डिसी नेपाल







Facebook Comment