संस्कृति ज्ञान परिक्षा दिए ८ हजार विद्यार्थीले

डिसी नेपाल
१३ फागुन २०७६ २०:४४

काठमडौं । नेपालको संस्कृति, रितिरिवाज र समाजिक उत्तरदायित्वको सन्देश दिने उद्देश्य सहित काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना भएको छ । हिन्दु स्वयं सेवक संघ नेपालको आयोजनामा भएको उक्त परीक्षामा ५ सय विद्यालयका ८ हजार विद्यार्थीहरु सहभागि भएका थिए ।

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाका संयोजक महाश्रम शर्माले हिन्दु दर्शन, मूल्य, संस्कृति, इतिहास, भूगोलसहित नेपालका विशेष पहिचानलाई जनाउने प्रश्न र तिनको उत्तर संकलन भएको ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ नामको पुस्तबाट प्रश्नहरु सोधिएको र एकघण्टापछि नतिजा प्रकाशित गर्ने गरी परिक्षा आयोजना गरिएको बताए । उनले यो अभियान समाजलाई परिवर्तन गर्न, नैतिक मूल्य मान्यता र चरित्र लगायतका विषयहरुलाई विद्यार्थीहरुमा लागू गर्न परिक्षाले सहयोग गर्ने बताए ।

आठ हजार जना विद्यार्थीको उत्तर पुस्तिका परिक्षा सकिएको एक घण्टामै जाँच गरी नतिजा प्रकाशित गरीएको थियो । परिक्षामा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरु पुरस्कृत भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *