दिल्लीमा दशकौँ यताकै भयानक झडप, १३ जनाको मृत्यु, ४ स्थानमा कर्फ्यु जारी
काठमाडौँ । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच भयानक झडप हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ।
ज्यान गुमाउने मध्ये एक जना भारतीय प्रहरी रहेका छन् भने कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका थिए ।

हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ। हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन्। पसल तथा घरहरू जलाइएको बीबीसीले जनाएको छ ।
पत्रकारहरूमाथि पनि हमला भएका छन्। उनीहरूलाई दङ्गाको दृश्य भिडियो नखिच्न चेतावनी दिइएको छ ।

भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन्। गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको र दिल्लीका छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ। हिंसाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समेत छायाँमा पारेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment