दिल्ली हिँसामा २७ जनाको मृत्यु, २०० बढी घाइते, १०६ जना पक्राउ

डिसी नेपाल
१५ फागुन २०७६ ७:२४

काठमाडौँ । नागरिकता संसोधन कानुन (सीएए) को बिरोध र समर्थनमा भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिँसामा परी बिहीबार बिहानसम्म २७ जनाको ज्यान गएको छ।

दिल्लीमा केही दिनदेखि जारी हिँसात्मक आन्दोलन हिजो बुधबार भने अप्रिय घटना नघटेको र आन्दोलन प्रहरीको नियन्त्रणमा रहेको दिल्ली प्रहरीले जनाएको छ ।

भारतको राजधानी दिल्लीमा हिंसात्मक झुण्डहरूले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका विवरणहरूमाझ लगातर तेस्रो रात पनि दङ्गा भएको थियो ।

राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म २७ जनाको मृत्यु भएको र २ सय भन्दा बढी मानिस घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त झडपमा संलग्न रहेको आरोपमा १०६ जना पक्राउ परेका छन् ।

सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतबार पहिलोपल्ट भिडन्त भएको थियो।

तर त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको जस्तो देखिएको छ, मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका छन्।

सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्ली शहरले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *