माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर

डिसी नेपाल
१५ फागुन २०७६ १३:५९

काठमाडौं। नेकपा मालेको महासचिव सिपी मैनाली चढेको कार दुर्घटना हुँदा मैनाली गम्भीर घाइते भएका छन्।

बर्दिबासबाट काठमाडौं आउँदै गरेका मैनाली चढेको कारलाई सिन्धुलीबाट बर्दिवास आउँदै आएको पिकअपले ठक्कर दिँदा मैनालीको टाउकोमा चोट लाग्नुका साथै खुट्टा फयक्चर भएको सिन्धुलीका डिएसी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

अहिले उनको जनसेवा अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको डिसपी बुढाथोकीले डिसी नेपाललाई जानकारी दिए।

मैनाली परिवारसहित बर्दिवासबाट काठमाडौं फर्किँदै थिए। प्रहरीका अनुसार मैनाली सवार बा ७ च २१२० नम्बरको कारमा  मैनालीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल सवार थिए । उनीहरु घाइते भएका छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *