दीक्षालय स्कुलमा बुनपा बाल कला तथा साहित्य महोत्सव हुँदै

डिसी नेपाल
१६ फागुन २०७६ ९:५७

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा र दिक्षालय स्कुलको संयुक्त आयोजना बुनपा बाल तथा साहित्य महोत्सव २०७६ आयोजना हुने भएको छ।

दिक्षालय स्कुलको प्रांगणमा फागुन २४ गते हुने महोत्वसमा कथा, कविता बाचन तथा लेखन, नाटक प्रदर्शन, आर्ट एण्ड क्राफ्ट तथा पुस्तक प्रदर्शनी, भाषिक सिप सम्बन्धी खेलहरु लगायतका कार्यशाला गोष्ठीहरु हुने आयोजकले जनाएको छ।यसका साथै पपेट सो, फेस पेन्टिङ, फुडस्टल र सांस्कृतिक कार्यक्रम हुने  दिक्षालय स्कुलका प्रवन्ध निर्देशक चित्रकुमार दाहालले जानकारी दिए।

उक्त महोत्सवमा बुढानिलकण्ठ नगरपालिकाका मेयर, नगर शिक्षा शाखाका विषयविज्ञसंँग स्थानीय पाठ्यक्रममा बारेमा छलफल तथा अन्तरक्रिया गरिने ,शैक्षिक उपलव्धि हाँसिल गर्न सामजिक संजालको अधिकतम उपयोग गर्ने र सामाजिक संजाल र शिक्षक गतिविधिकाबीच अन्तरसम्बन्ध कायम गर्ने बिषयमा पनि छलफल गरिने आयोजकले बताएको छ।

कवी, लेखक तथा कलाकारहरुको उपस्थिति रहने उक्त कार्यक्रममा सबै आगन्तुकहरुलाई प्रबेश निशुल्क गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *