कोरोनाभाइरसबाट अमेरिकालाई आफूले बचाएको भन्दै ‘केही नगर्ने’ डेमोक्र्याटमाथि खनिए ट्रम्प

डिसी नेपाल
१६ फागुन २०७६ ११:०१

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले समयमै अमेरिकाको सीमा बन्द गरेको र उडानमा समयमै रोक लगाएकोले अमेरिकामा संक्रमण फैलिने क्रम अन्य देशको तुलनामा अत्यन्तै कम भएको दावी गरेका छन् । उनले शुक्रबार बिहान नेपाली समयअनुसार १० बजेर ५० मिनेटमा ट्वीट गर्दै आफ्नो कामलाई डेमोक्रयाटहरुले गलत भनेको प्रति आक्रोश पोखेका छन् ।

ट्रम्पले ट्वीटमा लेखेका छन् ‘चीनबाट सुरु भएर विश्वका विभिन्न देशहरुमा फैलिरहेको कोरोनाभाइरस अमेरिकामा भने निकै ढिलो फैलिँदैछ किनकि राष्ट्रपति ट्रम्पले समयमै सीमा बन्द गरिदिएका थिए । उडानमा रोक लगाएका थिए । जसलाई अहिले ‘केही नगर्ने’ डेमोक्र्याटहरुले ट्रम्पको गल्ती भनेर दोष लगाइरहेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.