काठमाडौं उपत्यका भित्रका ढुंगेधारा र पोखरी संरक्षण गर्न हस्ताक्षर

डिसी नेपाल
१६ फागुन २०७६ १७:३८

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले काठमाडौं उपत्यकाभरीका पोखरी र ढुंगेधारा संरक्षण गरी व्युटिफिकेसन गरिने बताइन् । शुक्रबार मन्त्रालय र विभिन्न नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताइकी हुन् ।
महालक्ष्मी नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र मन्त्रालयबीच ढुंगेधारा र पोखरी संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्री मगरले हिजोको परम्परा र शैलीलाई निरन्तरता दिएर अहिलेको आधुनिक युगमा त्यसको संरक्षण गर्दै अगाडी बढ्ने बताइन् ।

उपत्यकाका १० वटा नगरपालिका भित्र रहेका ५ सय ७३ ढुंगेधारा र २ सय ३३ पोखरीहरुको नक्शांकनको काम सकिएको छ ।
५ सय ७३ ढुंगेधारामध्ये ४७९ स्थलगत रुपमा भेटिएका छन्, भने ९४ वटा हराएका छन् ।

त्यसैगरी २ सय ३३ पोखरीमध्ये १९३ वटा पोखरी भेटिएका छन्, ४० वटा हराएका छन् । आर्थिक वर्षको सुरुबाट नै प्रत्येक नगरपालिकामा विषय विज्ञसहितको टोली बनाएर ढुंगेधारा तथा पोखरीहरुको नेवारी नाम, अहिलेको अवस्था, पानीको गुणस्तरको अवस्था अद्यावधिक गर्ने काम पनि सकिएको छ ।

महालक्ष्मी नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा रहेका ढुंगेधारा तथा पोखरीहरुको पूनर्निमाण र संरक्षणको विस्तृत खाका तयार गरी २ वषभित्र पूनर्निमार्ण सम्पन्न गर्ने र बाँकी नगरपालिकाहरुमा समेत क्रमैसँग काम अगाडी बढाउने सम्झौतापत्रमा उल्लेख छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नगरपालिकाबीचको सहकार्यमा गुरुयोजना अनुसार काम सम्पन्न गर्दै जाने लक्ष्य लिइएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, महालक्ष्मी, मध्यपुर ठिमी नगरपालिका र काठमाडौं उपध्यका खानेपानी लिमिटेडको समुन्वयमा कार्य सञ्चालन गर्न खानेपानी मन्त्री मगरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *