भारतमा कन्हैयाकुमारसहित १० जना विरुद्ध राजद्रोहको मुद्धा
काठमाडौँ । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार विरुद्ध औँ ठड्याएर वाह वाही बनेका एक विद्यार्थी नेता कन्हैयाकुमारसहित १० जनाविरुद्ध राजद्रोहको मुद्धा लगाइने भएको छ।
अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले शुक्रबार कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएसँगै कन्हैयाकुमारसहित १० जना विरुद्ध राजद्रोहको मुद्दा लाग्ने भएको हो ।
केहीदिनअघि मात्र उन्रीहरुविरुद्ध मुद्धा चलाउन अनुमति दिन दिल्ली सरकारलाई आदेश दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट खारेज भएको थियो।
यद्यपी दिल्ली सरकारले मुद्दा चलाउन अनुमति भने अब मुद्धा चल्ने भएको छ ।
सन् २०१६ फेबु्रअरी ९ मा जवहारलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको भिडियो सार्वजनिक भएपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।







डिसी नेपाल








Facebook Comment