भक्तपुरका होटलबाट यौन गतिविधि गर्ने १६ जना पक्राउ

डिसी नेपाल
१७ फागुन २०७६ २२:१४

भक्तपुर। भक्तपुरका विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरबाट यौन गतिविधि गरेको अभियोगमा प्रहरीले शनिबार छापा मारेर १६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त जगातीको टोलीले पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरमा एकैपटक छापा मारी अनैतिक कार्य गर्दै गरेको अवस्थामा आठ पुरुष र आठ महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

जगाती क्षेत्रका होटल तथा रेष्टुरेष्टमा छाडा यौन गतिविधि भइरहेको गुनासो आएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जोशीले बताए। अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानूनविपरीतका गलत कार्य हुँदै आएको गुनासो बढेपछि प्रहरीले छापा मारेको बताएको छ ।

नियन्त्रणमा लिएका महिला तथा पुरुषलाई प्रहरी सामाजिक मनोपरार्मशसमेत दिएको र उनीहरुलाई पहिलोपटक चेतावनी दिएर छाडिने तयारी गरेको प्रनाउ जोशीको भनाइ छ । प्रहरीले अरनिको राजमार्ग खण्डकै ठूला होटल र ठूला होटलभित्र कटेज बनाएर यौनधन्दा चलाउँदै आएका होटल रेष्टुरेष्टमा भने छापा नमार्ने गरेको गुनासो स्थानीयवासीको भनाइ छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.