बच्चा बोकेकी महिलालाई लठ्ठी हान्ने प्रहरी निरीक्षक जिम्मेवारीबाट हटाइए

डिसी नेपाल
१८ फागुन २०७६ १३:४८

काठमाडौं। बच्चा बोकेकी महिलालाई प्रहरी निरीक्षकले लठ्ठीले हानेको भिडियो भाइरल भएपछि महानगरीय प्रहरी परिसर ललितपुरले ती निरीक्षक देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाएको छ । परिसरकी एसपी दुर्गा सिंहको नेतृत्वमा गठन गरेको छानबिन समितिले प्रहरी निरीक्षक पौडेललाई परिसरमा फिर्ता ल्याउने निर्णय गरेको हो ।

परिरका एसएसपी टेकप्रसाद राईले डिसीनेपालसँग कुरा गर्दै निरीक्षक पौडेललाई भूमिकाविहीन रुपमा परिसरमा फिर्ता बोलाइएको बताए । पौडेललाई त्यहीं राखिराख्नु उचित नदेखिएकाले फिर्ता बोलाएको र उनको ठाउँमा अर्का निरीक्षक सुजित ओझालाई जिम्मेवारी दिइएको राईले बताए । उनले पौडेलले व्यक्तिको घरमा तोडफोड भएपछि प्रहरीलाई प्राप्त अधिकारको दुरुपयोग गर्दै बल प्रयोग गरेको छानबिन समितिलाई बयान दिएको बताए ।

सेनाका अवकाश प्राप्त जर्नेल हेम खत्रीको घरमा बिहीबार (१५ फागुन) मा भित्र छिरेका महिलाहरूमध्ये एक बच्चा बोकेकी महिलालाई प्रहरी निरीक्षक पौडेलले लाठी हानेका थिए। यो भिडियो सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति गठन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.