काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पहिलो प्राथमिकता

डिसी नेपाल
१८ फागुन २०७६ १७:१९

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री मानन्धरले आफुले एक सय दिनमा गरेका कामहरुको प्रगति र उपलब्धि सार्वजनिक गरेका थिए ।

उनले आगामी नयाँ वर्षसँगै उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोट र धादिङ्को सिमानामा पर्ने बन्चरे डाँडामा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट सञचालनमा ल्याउने तयारी भएको बताए ।

त्यस्तै काठमाडौं जिल्लामा निर्माण गर्न लागिएको चार वटा नयाँ सहरहरुको डिपीआरका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको बताए । उनले काठमाडौं उपत्यकालाई बाहिरिजिल्लाबाट घेर्नेगरी नयाँ चक्रपथ राजमार्गको परिकल्पना गरिएको र विभिन्न १० स्थानमा नयाँ सहर निर्माण गर्र्ने विषयमा छलफल शुरु गरेको बताए । धादिङ्को सल्यानटारमा १७ किलोमिटरको पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक शहर निर्माण गर्न छलफल सुरु गरेको समेत उनले बताए ।

यसबाहेक बाराको सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माण गर्ने र गोरखाको मनकामना जाने सडक स्तरोन्नती गर्नको लागि पहल भएको उनले बताए । त्यस्तै अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने, ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने लगायतका काम गरेको दावी समेत गरे । कलंकिदेखि चावहिलसम्म निर्माणाधिन चक्रपथमा अण्डरपास, फ्लाई ओभर, सुरुङ लगायतमा प्राविधि विषयमा सुझाव संकलन थालिएको बताए ।

उपत्यकामा धुवाँ धुलो न्युनिकरण गर्ने र भित्रि सडक मर्मत र खाल्डाखुल्डी पुर्ने लगायतका कार्यलाई तिब्रता दिएको जानकारी दिए । सरकारबाट घोषणा भएका २७ नयाँ शहर निर्माण गर्न मध्यपहाडी लोकमार्गमा कार्यलय स्थापना गरी १० वटा नयाँ शहरको काम थालिएको बताए । मन्त्रालयमा जनशक्ति व्यवस्थापनका लागि संगठनात्मक सर्वेक्षणको सुरुवात गरिएको छ । ५ अर्ब ३ करोड रुपैयाँ लागतमा १२ वटा भवन सहित संसद भवन, मन्त्री निवास, सभाहलको निर्माणm मुख्यमन्त्री निवास निर्माणको कामलाई तिब्रता दिएको समेत उनले बताए । त्यस्तै चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ३६ अर्ब ८५ करोड बजेट मध्ये ३७ प्रतिशत अर्थात १३ अर्ब ६५ करोड रुपैयाँ खर्च गर्न सफल भएको दावी समेत उनले गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.