लोकतन्त्रको रक्षार्थ सञ्चारकर्मीलाई प्रदेश प्रमुखको आग्रह
विराटनगर । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जतिसुकै कठिन परिस्थितिमा पनि सञ्चारजगतले लोकतन्त्र र मानवअधिकारको पक्षमा खबरदारी गरिरहेको बताएका छन्। झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारजगत्ले हिजोका दिनमा पञ्चायती व्यवस्थाको अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले अब पनि लोकतन्त्रको रक्षार्थ सदैव सञ्चारकर्मीलाई क्रियाशील हुन आग्रह गरे ।
प्रदेश प्रमुख प्यासीले पत्रकारिता गर्न आफैँमा कठिन हुने बताउँदै सफल पत्रकारिताका लागि सम्प्रेषण, व्यवस्थापन, सम्पादन र वितरण सबै पक्षको सन्तुलन हुनुपर्नेमा जोड दिए । श्रीअन्तु प्रकाशन प्रालिद्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेका अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत उनले लोकार्पण गरेका थिए ।
–––







डिसी नेपाल








Facebook Comment