प्रचण्डमाथि जुत्ता प्रहारको घटनाको छानबिन गर्न समिति गठन

डिसी नेपाल
१९ फागुन २०७६ १२:०६

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको घटनामा अनुसन्धानका लागि समिति गठन गरिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्य छानविन टोली गठन गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आइतबार प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएलगत्ते प्रहरीले जुत्ता प्रहार गर्ने जुम्लाका २४ वर्षीय रतन तिरुवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अब उनीमाथि कुन मुद्दा लगाउने र कारवाही प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको हो ।

आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको थियो। तिरुवा पहिलेदेखि नै कार्यक्रममा पुगेका थिए। तिरुवाले प्रचण्डको भाषण चित्त नबुझेको भन्दै जुत्ता प्रहार गरेको प्रहरीमा मौखिक बयान दिएका छन्।

उनले आफ्ना पिता सशस्त्र द्वन्द्वको समय ज्यान गुमाएका व्यक्ति भएको दावी गरेका छन्। तर नेपाल कम्युनिष्ट पार्टी जुम्लाका अध्यक्षले भने आइतवार नै विज्ञप्ती जारी गर्दै शहिदको परिवारका सदस्य नभएको जानकारी गराएका छन्। प्रचण्डले आफ्नो अभिव्यक्ति सक्नासाथ उनीमाथि लक्षित जुत्ता प्रहार गरिएको थियो। यद्यपि उनलाई जुत्ताले लागेन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *