सरकारद्वारा नो अब्जेक्सन लेटरमा पनि रोक
काठमाडौं । सरकारले अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर लिन रोक लगाएको छ । परराष्ट्रमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीवकुमार ज्ञवालीले सरकारले नो अब्जेक्सन लिन सरकारले रोक लगाएको जानकारी दिए ।
सरकारले अत्याधिक संक्रमण भएका मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अनअराइभल भिसा रोक्ने निर्णय पनि गरेको छ । मार्च १० बाट उक्त निर्णय कार्यान्वयन हुनेछ । इपिएस प्रणालीबाट कोरिया तत्काल कामदार नपठाउने निर्णय पनि सरकारले गरेको छ ।
मन्त्री ज्ञवालीले सीमा नाकाहरुमा उच्च सतर्कता अपनाइएको बताए । भारत भएर आउने तेस्रो मुलुकका नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने निर्णय पनि रकारले गरेको छ । सरकारले सोमबार नै जापानको नारिता उडान सुरु गरेको विषयमा मन्त्री ज्ञवालीले उद्घानका लागि मात्रै सोमबार उडान गरिएको तर कोरोना पूर्ण रुपमा नियन्त्रण नहुँदासम्म उडान स्थगित हुने बताए ।
विभिन्न देशमा रहेका दूतावासहरुलाई तयारी अवस्थामा रहन पनि सरकारले निर्देशन दिएको छ । त्यहाँ रहेका नेपाली नागरिकहरुमा कुनै समस्या देखिए तत्काल उद्धार गर्न पनि सरकारले निर्देशन दिएको उनले बताए ।







डिसी नेपाल








Facebook Comment